निर्धन उत्थान लघुवित्तले १ अर्बको ऋणपत्र निष्कासन गर्ने
७ मंसिर, काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र जारी गर्ने निर्णय गरेको हो ।
१ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वस्कृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो । राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि उक्त ऋणपत्र जारी हुनेछ ।
प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १२:१६












