१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

नोभेम्वर ३० मा एडिलेडमा टेनिस प्रतियोगिता हुदै

एडिलेड ।  नेपाली टेनिस क्लब अष्ट्रेलियाको आयोजनामा टेनिस प्रतियोगिता – २०२५ आगामी ३० नोभेम्बरमा म्यारियन टेनिस क्लवमा हुने भएको छ ।

संयोजक उमेश बुढाथोकीका अनुसार यस डबल्स च्याम्पियनशिपमा प्रतियोगिता  २२ जना खेलाडी सहभागी हुने भएका छन् ।

विजेता जोडीलाई प्रत्येक खेलाडीलाई २०० डलर, गरी कुल ४०० डलर नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ। त्यस्तै, उपविजेता जोडीलाई प्रत्येक १०० डलर, गरी कुल २०० डलर नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ। भने अनुशासित  जोडीलाई फेयर प्ले ट्रफी समेत प्रदान गरिने छ ।

क्लबले प्रतियोगिता सफल बनाउन उमेश बुढाथोकी सहित रेशम गुरुङ, दीपेश कुँवर, अमर खड्का रहेको प्रतियोगिता सम्वन्य समिति गठन गरेको छ ।

कार्यक्रम संयोजक बुढाथोकीले एडिलेडवासी सबैलाई क्लबको बार्षिक  कार्यक्रममा आउन र खेलाडीहरूलाई समर्थन गर्न हार्दिक निमन्त्रणा गर्नु भएको छ ।  उहाले दर्शकहरुको  उपस्थितिले खेलाडीहरुको मनोबल बढाउने मात्र नभएर  उत्कृष्ट शटहरू खेल्न पनि प्रेरित गर्ने बताउनु भयो ।

प्रतियोगिता बिहान ७ बजेबाट शुरु हुने भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार ०३:०३