डा. केसीको अनसन उनलाई बोक्नेलेनै ताेड्छन्: सञ्चारमन्त्री बास्कोटा
१७ माघ, काठमाण्डौ । डा. गोविन्द केसीको अनसन उनलाई बोक्नेहरुकै भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बताएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै बास्काेटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले डा. केसीको सबै काम पूरा गरेको दाबी गरेका छन् ।

मन्त्री बास्कोटाले त्यो विधेयक संसदको दुवै सदनबाट पारित भएकाले यस सम्बन्धमा बहस गरिरहनुको औचित्य नरहेको पनि स्पष्ट पारेका छन् । उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई संसदले पारित गरिसकेको त्यस विधेयकमाथि अनावश्यक बहस निकालेर संसद अवरोध नगर्न पनि चेतावनी दिएका छन् ।
मन्त्री बास्कोटाले डा. केसीसँग गरिएको सहमतिअनुसार प्रधानमन्त्री केपी ओलीकै अगुवाईमा त्यो विधेयक संसदबाट पारित गरिएको बताएका छन् । मन्त्री बास्कोटाले एउटा व्यक्तिको मागलाई बोकेर संसद अवरोध गर्ने काम कसैले पनि गर्न नहुने बताउनुभयो ।
प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार १८:१५












