२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

जनताबाट चुनिएकाबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकताः ओली

६ मङ्सिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता भएको बताउनुभएको छ ।

सो पार्टीद्वारा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजित जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि गठन भएको सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको भावनाबमोजिम नभएको तर्क गर्नुभयो ।

उहाँले पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय स्वयंसेवक फोर्स सबैको सुरक्षाका निम्ति भएको स्पष्ट गर्नुभयो ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार १६:२४