१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

चितवन समाज साउथ अष्ट्रेलियामा नयाँ नेतृत्व, अध्यक्षमा कौशल उप्रेती

एडिलेड । चितवन समाज साउथ अष्ट्रेलियाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले कौशल उप्रेतीको को नेतृत्वमा ७ सदस्यीय कार्य समिति निर्माण गरेको छ ।

जसको उपाध्यक्ष काजल गैर्हे, सचिव रेशम राज शर्मा, कोषाध्यक्ष पुकार श्रेष्ठ, सह सचिव मनिष दहाल र सदस्यहरुमा दया राम पौडेल र पानस तामाङ रहेका छन् ।

सभामा निवर्तमान समितिका अध्यक्ष उत्तम अधिकारीले संस्था प्रगति विवरण र कोषाध्यक्ष सुदर्शन उप्रेतीले पेश गर्नु भएको थियो ।

नव निर्वाचित अध्यक्ष उप्रेतीले समुदायको पहिचान, एकता र समग्र उत्थानका लागि आगामी दिनहरूमा तपाईंहरूको निरन्तर सहयोग, सुझाव र साथको अपेक्षा गर्दै सबै मिलेर अझ सक्षम, सक्रिय र उदाहरणीय संस्थाको रूपमा अघि बढाउन प्रतिबन्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार १५:०७