दुई कम्पनीले आईपीओ निष्कासन गर्ने, अनुमति माग्दै बोर्डमा दिए आवेदन
५ मंसिर, काठमाडौं। दुई कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । इलेक्ट्रो पावर कम्पनी र एनसी एग्रो टेकले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएका छन् ।
इलेक्ट्रो पावरले रु. १०० अंकित दरमा ८१ करोड २५ लाख रुपैयाँ बराबरकाे ८१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै मंसिर १ गते आवेदन दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृती पाएपश्चात कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्नेछ । कम्पनीले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यस्तै एनसी एग्रो टेकले रु.१०० अंकित दरमा १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै कात्तिक २४ गते आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १६:५३












