राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालले लिए शपथ
५ मंसिर, काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।
कम्पनीको संचालक समितिको ५ गतेको बैठकले कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहनुभएका उहाँलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । साे अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थिति रहेके थियो ।
प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १६:१५












