२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

४ मंसिर, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै पक्राउ गर्नुको कारण सहित दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

गत मंसिर १ गते प्रसाईँलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंको थुना गैरन्यायिक भन्दै थुनामुक्त गर्न माग गरेर छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १७:१०