नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
४ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ०.९३ अंकले घटेर २५६०.१५ को बिन्दुमा बन्द भएको छ । यस दिन ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन ४ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । धौलागिरी लघुवित्त, बन्दीपुर केवलकार, सागर डिस्टीलरी, झापा इनर्जी र बन्दीपुर केवलकारको सेयरमा सकारात्मक सर्किट लागेको हाे ।
बुङ्गल हाइड्रोको सेयरमूल्य यस दिन सर्वाधिक ९.०५ प्रतिशत घटेको छ। यस दिन साहस उर्जाको सेयर सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको करिब १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।
प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १५:२५













