एमाले सचिवालय बैठक च्यासलमा जारी, यी एजेण्डामाथि छलफल हुँदै
४ मंङ्सिर, काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ। एमाले सचिवालय बैठक केही बेरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।
आजको बैठकले ११ औं महाधिवेशनको तयारीबारे छलफल गर्नेछ।
एमालेको ११ औं महाधिवेशन आगामी मंङ्सिर २७, २८, २९ गते काठमाडौँमा हुँदैछ। २१ सय बढी प्रतिनिधि रहने महाधिवेशनको प्रतिनिधि छनोट मंसिर १३ गते देशैभर एकैदिन हुँदैछ। एमालेको आजको सचिवालय बैठकले प्रतिनिधिसभा पुनःस्थापनाबारे समेत छलफल गर्नेछ।
त्यस्तै, मंसिर ६ गते काठमाडौँमा तय गरिएको जनप्रदर्शन, राष्ट्रियसभा र प्रतिनिधिसभा चुनावका लागि सहभागितालगायतको विषयमा पनि छलफल हुँदैछ ।
एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा लिएर जनपरिचालन गरिहेको छ। यसअघिको सचिवालय बैठकले पुनःस्थापनाको मुद्दा दिएर अदालत जाने छलफल गरे पनि एमाले अदालत गएको छैन। तर शुक्रबार अदालत जाने तयारी गरेको छ।
केही दिनअघि बसेको विघटित संसदीय दल बैठकले त्यसको तयारीका लागि निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई जिम्मा दिएको छ। सांसदहरू अधिकांशले हस्ताक्षर गरिसकेका छन्।
यसबाहेक समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने एमालेले जनाएको छ।
प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १४:०९












