८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

एनआरएन इन्फ्रास्ट्रक्चरको बुक क्लोज मिति तय

४ मंसिर, काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ।

यसकाे अर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश पारित गर्न कम्पनीले पुस ४ गते आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभाले लाभांशका साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १२:१२