८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

छुट्ला है ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ मंसिर, काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने यस दिन अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोल्टी होटलले भाेली अर्थात मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ भने साहस उर्जाले भाेली (मंसिर ५ गते) एक दिनका लागि बुकक्लोज गर्दैछ। यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सोल्टी होटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको (कर प्रयोजनार्थ)  १६.५७८९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्न मंसिर २८ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा ५१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ।

त्यस्तै, साहस उर्जाले मंसिर २४ गते कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १२:०२