कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित
४ मङ्सिर, काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ।
बैठक मंसिर ६ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे । यसअघि केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको थियो। कात्तिक २७ गतेबाट केन्द्रीय समिति बैठक पटक पटक सर्दै आएको छ।
नेताहरूले धारणा राख्ने क्रम सकिएकोले निर्णय लिनुपर्ने भए पनि सहमति नजुट्दा बैठक पटक पटक स्थगित हुँदै आएको हो। केन्द्रीय समिति बैठकअघि विभिन्न समूहका बैठक बसेर आ-आफ्ना अडान प्रस्तुत गरेका थिए भने विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका थिए।
फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ भने विशेष महाधिवेशन कि नियमित भन्ने पनि विवाद छ।

प्रकाशित मिति : November 20, 2025 at 11:18 am









