२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (सूचीसहित)

३ मंसिर, काठमाडौं । सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंसिर २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयाे ।

साथै, मन्त्रिपरिषद्ले मंसिर ८ गते भारतको नयाँदिल्लीस्थीत राष्ट्रपति भवनमा भारतका नवनियुक्त प्रधानन्यायाधीशको शपथ र मंसिर १० गते नयाँ दिल्लीमा नै आयोजना हुने संविधान दिवसको कार्यक्रममा सहभागी हुन कानून मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृत प्रदानगर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताउनुभयाे ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १६:४५