२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

ओलीको प्रश्नः सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?

३ मंसिर, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर आश गर्न नसकिने बताउनुभएको छ । आज बाराको सिमरामा भएको घटनाका सन्दर्भ उहाँले सभा गर्न खोज्दा गुण्डा लगाइएको दाबी गर्दै कस्तो चुनाव गर्न खोजेको भन्ने प्रश्न गर्नुभएको छ ।

बाराको सिमरामा जेनजीहरूले गरेको अवरोधप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०-६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? के हो यस्तो ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १५:३७