नेप्से र कारोबार दुबै घट्यो, यी कम्पनीको भयो सर्वाधिक कारोबार
३ मंसिर, काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से ४.९८ अंकले बढेर २५६१.०८ को विन्दुमा कायम भएको हो । आज ३३८ कम्पनीको ८३ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको हो । बुधबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । ९ कम्पनीकाे सेयर मूल्य स्थिर छ ।
यस दिन ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माबिलुङ्ग इनर्जी, दरमखोल हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस्टार उर्जा कम्पनी, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीको सेयरमा यस दिन सकारात्मक सर्किट लागेको छ । बरुण हाईड्रो र साहस उर्जाको आज सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन २७ करोड ४० लाख रुपैयाँ बराबरको काराेबार भएकाे छ ।
त्यस्तै, यस दिन साहस उर्जाको साढे १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको करिब १६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.०३ प्रतिशत घटेको छ।
प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १५:२१













