८ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
३ मंसिर, काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से ४.९८ अंकले बढेर २५६१.०८ को विन्दुमा कायम भएको हो । आज ३३८ कम्पनीको ८३ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यस दिन ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मालिबुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, बन्दीपुर केवलकार, सागर डिस्टीलरी, हिमस्टार उर्जा कम्पनी, बुङ्गल हाइड्रो, सान्भीइनर्जी र बन्दीपुर केवलकारको सेयरमा यस दिन सकारात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १५:१३













