नेप्से सुधार अध्ययन कार्यदल गठन, ५० दिनको समयावधि
३ मंसिर, काठमाडौं । सरकारले नेप्से सुधार अध्ययन कार्यदल गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेप्से सुधार कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिमा नेप्से, नेपाल धितोपत्र बोर्ड र राष्ट्र बैंकका प्रतिनिधि सदस्य छन् । उक्त कार्यदललाई ५० दिनको समयावधि दिइएको छ ।
प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १४:०८













