२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

महेश बस्नेतले लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा संघर्ष जारी राख्ने

३ मंसिर, काठमाडाैँ । नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य महेश बस्नेतले लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहने बताउनुभएको छ । विमानमा चढेर पनि बारा जान नपाएपछि बस्नेतले फेसबुक मार्फत यस्तो बताउनुभएको हो ।

एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहित सिमरा विमानस्थल जान बुद्ध एयर चढ्नुभएको उहाँहरू बारामा कर्फ्यु लागेपछि काठमाडाैँमै रोकिनुभएको छ । सिमरा विमानस्थलमा एमाले कार्यकर्ता र जेनजी पुस्ताका युवाहरूको बीचमा झडप भएको छ । झडपपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।

dainiki.com

कर्फ्युपछि बस्नेतले फेसबुकमा यस्तो लेख्नुभएको छ,

राष्ट्रीय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो।

सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ।

हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो? नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ। लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।”

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १३:५३