पुरानो लाभांश बुझिलिन सेयरधनीलाई आरम्भ चौतारी लघुवित्तकाे आग्रह
३ मंसिर, काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको हो । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।
सेयरधनीहरुले संस्थाको आधिकारिक वेबसाइटमा उल्लेखित विवरणको आधारमा आफ्नो परिचयपत्रसहित सूचना प्रकाशित भएको एक महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटलको कार्यालयमा सम्पर्क गरी उक्त नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।
साथै, उक्त अवधिभित्र सेयरधनीहरु सो लाभांश बुझिलिन नआएमा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने संस्थाले जनाएको छ ।
प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १०:१४












