३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सर्वोत्तम सिमेन्टले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित हुँदै

३ मंसिर, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारण सभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

कम्पनीले मंसिर २६ गते होटल सिद्धार्थ भिलासा, भैरहवा, रुपन्देहीमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गते एक दिनका लािग बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : November 19, 2025 at 10:03 am