८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

माई खोला हाइड्रोपावरले बाेलायाे साधारण सभा, यस्ता छन् प्रस्ताव

३ मंसिर, काठमाडौं । माई खोला हाइड्रोपावरले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको  मंसिर २ गते सम्पन्न सञ्चालक समितिको बैठकले यही मंसिर २५ गते काठमाडौंको शंखपार्कमा रहेको स्मार्ट दरबारमा पाचौं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरी सेबानमा दर्ता भई निष्कासन प्रक्रियामा रहेकाले सो लाई निरन्तरता दिने ,अन्य कम्पनीमा लगानी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ मंसिर १० गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले सभामा सहभागि हसन सक्नेछन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार ०९:५१