९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

ङादी ग्रुप पावरको लाभांश घोषणा, बोलायो साधारण सभा

३ मंसिर, काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे सुरु हुनेछ।

सभामा लाभांशको प्रस्ताव पारित हुनुकाे साथै बोनस सेयरपश्चात पूँजी वृद्धि गर्न कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार ०९:३२