२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलहरूसँग छलफल गर्दै

३ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले छलफल गर्न लागिएको बताइएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउनका लागि यसअघि पनि दलका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेताहरूसँग भने  छलफल गर्नुभएको छैन ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार ०९:३६