२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

मातृभूमी लघुवित्तको निमित्त सीईओमा बटाला नियुक्त

२ मंसिर, काठमाडौं । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा (डीसीईओ) बखत बहादुर बटाला नियुक्त हुनुभएकाे छ । संस्थाको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले बटालालाई निमित्त सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

उहाँलाई मंसिर २ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी दिइएको हो । यसअघिका सीईओ लक्ष्मी प्रसाद शर्माले राजीनामा दिएसँगै बटालाई निमित्त सीईओ नियुक्त गरिएको हो । शर्माले कात्तिक ३० गते खिएकाे राजीनामा मंसिर १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले मंसिर २ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १४:२४