९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

नौ प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको तयारी

२ मंसिर, काठमाडौँ । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ ।

लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका लागि औषधि व्यवस्थापन विभागबाट अनुमतिपत्र लिएर उत्पादन सुरु गर्ने जानकारी दिनुभयो । यसअघि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आइरहेका छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १४:०७