निफ्राले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
२ मंसिर, काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले साधारण सभा बाेलाएकाे छ । बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते काठमाडाैंकाे बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा सातौं साधारण सभा बाेलाएकाे हाे । उक्त सभा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षककको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ।
त्यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ। सभाले पारित गर्ने प्रस्तावमा गत आवका लागि प्रस्तावित ६.३१५८ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय भने समेटिएको छैन ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरूले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १०:४८












