पिपुल्स पावरको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
२ मंसिर, काठमाडाैं । पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.७२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.३३ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड १ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको प्रशासनिक खर्च ३०९.३२ प्रतिशतले बढ्दै ३९ लाख ९५ हजार पुगेको छ । यद्यपी कम्पनीको वित्त खर्च भने ७६ लाख २५हजार रुपैयाँबाट घटेर २८ लाख ९७ हजारमा सीमित बनेको छ । ९४ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ६५ लाख ६३ हजार रुपैयाँ ऋणात्मक छ। कम्पनीको शेयर प्रिमियममा ६ करोड ५४ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा, कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात ५३.२८ गुणा रहेको छ।
प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १०:३९













