१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

आईपीओ निष्कासन गर्दै सेवा हाईड्रो

२ मंसिर, काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठक मंसिर २७ गते काठमाडौंको बानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १०:२३