२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

नेपाल लाइफको २ लाख कित्ता सेयर बिक्रीमा

२ मंसिर, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार ०९:५२