७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सहास उर्जासहित आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ९.७८ अंकले बढेर २५५०.३६ को बिन्दुमा बन्द भएको छ । यस दिन ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन सहास उर्जा लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ५९ लाख ४७ हजार रुपैयाँ ,शिवम् सिमेन्टको १६ करोड ३० लाख ५६ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको १५ करोड ४१ लाख ३२ हजार रुपैयाँ र यूनियन हाइड्रोपावरको १३ करोड १८ लाख ८४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १५:१८