३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

राजदूत फिर्ता प्रकरणमा प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता

१ मंसिर, काठमाडौं ।  राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।

अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिट निवेदनको पेसी यही मंसिर ७ गतेलाई तोकिएको छ । गत कात्तिक १६ गते सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो।

कात्तिक १७ गते प्रधानमन्त्री कार्कीले राजदूत पुनः फिर्ता बाेलाएर अदालतको आदेशकाे अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए।

प्रकाशित मिति : 13:46