८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

गभर्नरले अर्थमन्त्री खनाल समक्ष बुझाए राष्ट्र बैंकको वार्षिक प्रतिवेदन

१ कात्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाललाई पेश गरेको छ । आइतबार गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अर्थमन्त्ती रामेश्वर खनाललाई वार्षिक प्रतिवेदन पेश गर्नुभएकाे छ ।

गभर्नर पौडेलले प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थिति, राष्ट्र बैंकले सम्पादन गरेका कार्यहरू र आगामी आर्थिक वर्षका लागि मौद्रिक तथा वित्तीय नीतिहरूको दिशाबारे विस्तृत जानकारी समावेश गरिएको बताउनुभयाे ।

उहाँले विश्वव्यापी आर्थिक परिदृश्य र त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषणसमेत प्रतिवेदनमा समेटिएको उल्लेख गर्नुभयाे ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १२:३७