७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बुद्धभुमी नेपाल हाईड्रोपावरले बाेलायाे साधारण सभा

१ मंसिर, काठमाडाैं । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २४ गते काठमाडाैंकाे पानीपोखरीमा रहेको वालनट विष्ट्रोमा १७ औं वार्षिक साधारण सभा बाेलाएकाे हो ।

उक्त सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीका लागि कुनै पनि लाभांश घोषणा गरेकाे छैन् । त्यसकारण सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।

सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका सम्पूर्ण विवरणमाथि छलफल गरी पारित गर्ने , आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १०:१६