२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

एक बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

१ मंसिर, काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडकाे नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । बैंककाे कात्तिक १५ गते बसेको १९ औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको हाे ।

सभाबाट पारित भएको ४.६७ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा जम्मा गरिएको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

बैंकको सेयर धितो राखेर ऋण लिएका सेयरधनीले भने ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै बैंक खातामा नगद लाभांश पठाइने जनाइएकाे छ । त्यसैगरी हितग्राही (डिम्याट) खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई यथाशीघ्र गर्न पनि बैंकले आग्रह गरेको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार ०९:३५