२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

आईपीओ निष्काशन गर्दै अन्नपूर्ण माछा दाना उद्योग

३० कात्तिक, काठमाडौं। अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीले आगामी मंसिर २० गते चितवनको खैरेनी नगरपालिकामा रहेको कम्पनीको कार्यालयमा प्रथम वार्षिक साधारण सभा बाेलाएकाे छ । उक्त सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आईपीओ निष्कासन सम्बन्धी छलफल गरी पारित गरिनेछ ।

यस्तै कम्पनीको चुक्तापूँजी वृद्धि गरी ४० करोड २० लाख कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने र सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र उक्त अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १७:०९