२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

३० कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको हो ।

यस दिन ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ९३ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन एसबिएल डिबेञ्चर २०८९को हिमालयन पावर पार्टनरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड ९० लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

 आइतबार तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सागर डिस्टीलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केवलकारको सेयरमा सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १५:३२