३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
काठमाडौं । साताको पहिलो कारोबारकाे दिन सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको हो ।
यस दिन ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ९३ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सागर डिस्टीलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केवलकारको सेयरमा सेयरमा सकारात्मक सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १५:२२













