एसवाई प्यानलको आईपीओ बाँडफाँड, ४ लाख ७ हजारले पाए सेयर
३० कात्तिक, काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्काशन गरेको थियो। सो सेयरमा कुल २१ लाख ८९ हजार ७७३ जनाले २ करोड ५३ लाख ८१ हजार २० कित्ता सेयरका लागि आवेदनदिएका थिए। सोमध्ये २० लाख ८७ हजार ३२० आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा ४ लाख ७ हजार ६१५ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा बाँकी रहेको ६ कित्ता सेयर ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।
प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १२:५६












