कतिमा भयो झापा इनर्जीको पहिलो कारोबार ?
३० कात्तिक, काठमाडौं । झापा इनर्जीको पहिलो कारोबार भएको छ। स्पेशल प्रि ओपन सेसनमा यस दिन कम्पनीको सेयर प्रतिकित्ता २९३ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो।
कात्तिक २८ गते कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता सेयर गरी कुल ३८ लाख १ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीका पहिलो कारोबार भएको हो।
प्रकाशित मिति : November 16, 2025 at 10:51 am









