१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

३० कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको हाे ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : November 16, 2025 at 10:28 am