२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

नेपाल हाइड्रो डेभलोपर्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

३० कात्तिक, काठमाडौं ।नेपाल हाईड्रो डेभलोपर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

प्रकाशित मिति : November 16, 2025 at 10:23 am