२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

२८ कात्तिक, काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आज टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आयोगले यही कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय निर्धारण गरेको थियो । प्रधानमन्त्री कार्कीको आग्रहपछि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पाँच दिन थप्न सकारात्मक रहेको जवाफ दिनुभएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि ‘अनलाइन’बाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ । यसैबीच प्रधानमन्त्री कार्कीले ‘इन्टरनेट सर्भर’मा देखिएको समस्याका विषयमा पनि आयोगसँग चासो व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १६:४५