गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
२८ कात्तिक, गण्डकी । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १६:०५












