१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

मनिष झाले पार्टी छाडेका सन्तोष परियारलाई भनेः आगामी यात्राको शुभकामना

२८ कात्तिक, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाले पार्टी छाड्नुभएका सचिवालय सदस्य सन्तोष परियारलाई नयाँ यात्राको लागि शुभकामना दिनुभएको छ ।

परियारले पार्टी छोडनु भएको जानकारी दिँदै प्रवक्ता झाले उहाँ राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा रहेको बताउनुभयाे । प्रवक्ता झाले भन्नुभयाे, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्व सांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ।’ उहाँले थप लेख्नुभएकाे छ, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनुभयो। आगामी यात्राको लागि वहाँलाई शुभकामना।’

प्रकाशित मिति : November 14, 2025 at 3:46 pm