सन्तोष परियारले छाडे रास्वपा
२८ कात्तिक, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाड्नुभएकाे छ । परियारले आफूले रास्वपा छाडेको बताउनुभएकाे हाे ।
उहाँ विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक हुनुहुन्थ्याे । परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाउनुभएकाे जनाइएकाे छ । यसअघि निवर्तमान प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले पनि रास्वपा छाड्नुभएकाे थियाे ।
प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १४:३९












