चुनावअघि महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले बुझाए पत्र
२८ कात्तिक, काठमाडाैं । नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यहरूले चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन्। १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहमा रहेका उनीहरूले फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने उल्लेख गरेका छन्।
ज्ञापनपत्रमा भनिएको छ, ‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागु गर्ने ।’

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १३:४३








