३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

मकर जितुमाया सुरी हाईड्रोपावरको नाफामा गिरावट

२८ कात्तिक, काठमाडौं। मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.९५ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत १२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७.२७ प्रतिशतले कम हो । यो अवधिमा कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च २२ लाख १३ हजारबाट बढेर १ करोड ८५ लाख पुगेकाे छ । यो अवधिमा कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ८ लाख र कुल चालु दायित्व ३० लाख २३ हजार रुपेयाँ छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.७० रुपैयाँ  र प्रतिसेयर नेटवर्थ १०८.०२ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : 13:17