२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

नागरिक लगानी कोषको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२८ कात्तिक, काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १८.८७ प्रतिशत घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ९.१३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ३.९० प्रतिशत बढेको छ । याे अवधिमा कम्पनीकाे कुल खर्च २४.२३ प्रतिशत घटेको छ। ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २० अर्ब २४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८ पैसा रहेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार ०९:४३