१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

२७ कात्तिक, काठमाडाैं ।नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्ना ग्राहकहरुको सुरक्षालाई सर्बोपरि प्राथमिकतामा राख्दै ‘सेफ्टीरिकल’ अभियानको घोषणा गरेको छ।यस अभियानअन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरुको एयर ब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ।

यो ‘सेफ्टीरिकल’ अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक हिस्सा हो, जसको उद्देश्य पुराना गाडीहरुमा समय सँगै एयरब्याग इन्फ्लेटरमादेखि नसक्ने सम्भावित प्राविधिक समस्यालाई हटाई ग्राहकहरुको यात्रालाई थप सुरक्षित बनाउनु हो।ग्राहकप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै स्याकार ट्रेडिङ्गले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हो।

यस अभियानअन्तर्गत ज्याज (Jazz), अकर्ड (Accord), सीआर-भी (CRV), सिभिक (Civic), सिटी (City) रस्ट्रिम (Stream) मोडेलका गाडीहरु समावेश गरिएका छन्।कम्पनीले यी गाडीहरुको एयरब्याग कुनैपनि शुल्क नलिई दक्ष प्राविधिकहरुद्वारा परिवर्तन गरि दिने व्यवस्था मिलाएको छ।

प्रकाशित मिति : November 13, 2025 at 5:46 pm